२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए ।

अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन् । बाइडनले आगामी जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।