२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

लमजुङको हर्सिङडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ हर्सिङडाँडामा प्याराग्लाइडिङको परीक्षण सफल भएकोे छ । सोमबार एक दिन सञ्चालन गरिएको प्याराग्लाइडिङमा पोखराको ओपन स्काई प्याराग्लाइडिङ प्रालिले सफल परीक्षण गरेको हो । 

हर्सिङडाँडामा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट नुरेन रानाले बताए । हिमाल तथा फाँटहरुको अवलोकनका लागि प्याराग्लाइडिङ रोमाञ्चक हुने अनुमानका साथ परीक्षण उडान गरिएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । 

प्याराग्लाइडिङको सफल परीक्षणसंगै दृश्यावलोकनका लागि उक्त ठाउँ नयाँ गन्तव्य बन्न सक्ने उनको भनाई छ । हर्सिङडाँडालाई गाउँपालिकाले पर्यटकिय स्थलको रुपमा प्रवर्द्धन गर्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकले बताए । 

अघिल्लो वर्ष सडक सञ्जालसँग जोडिएको हर्सिङडाँडा जाने सडकलाई यसवर्ष स्तरोन्नती गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले यस वर्ष हर्सिङडाँडामा खानेपानी, शौचालय निर्माण लगायतको संरचना तयार गर्ने योजना बनाएको गाउँपालिका उपाध्यक्ष बिकको भनाई छ । 

हर्सिङडाँडाबाट बुद्ध हिमाल, मनास्लु, ङादीचुली, डा.हर्क पिक, लमजुङ हिमाल, माछापुच्छ्रे लगायत थुप्रै हिमश्रृङ्खलाहरु नजिकैबाट नियाल्न पाइन्छ । 

यहाँ गाई, भैंसी, भेँडा बाख्रा लगाएतका चाैपायाँकाे लागि राम्रो चरनको व्यवस्था छ ।  समथर परेको घाँसे मैदान हेर्दा मनमोहक देखिन्छ । बेँसिशहरदेखि खुदी हुँदै करिब १८ किलोमिटर दुरीमा पर्ने हर्सिङडाँडा समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइँमा रहेको छ । 

यहाँबाट रमणिय हिमश्रृङखलाहरुको दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ । यस ठाउँमा ऐतिहासिक महत्वको रुपमा सरदार भक्ति थापाको बाल्यावस्थामा गाई चराउने गरिएको किम्बदन्ति समेत रहेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।