चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ६९ हजारभन्दा बढी कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ ।



यस कोरोना भाइरसबाट हालसम्म १२लाख ६९ हजार ३०५ सङ्क्रमितको मृत्यु हुनुको साथै ५ करोड १२ लाख ४३ हजार ४१९ जना सङ्क्रमित भएका छन । यसैबीच तीमध्ये ३ करोड ६० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४४ हजार ४४८ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ४ लाख २१ हजार ९५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ६३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ७५ हजार ७६६ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २७ हजार १०४ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ९१ हजार ७५ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

























