२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।