२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डडेल्धुराका घुम्नै पर्ने ठाउहरु (फोटो फिचर)

दिपकराज भट्ट/ डडेल्धुरा सुदुर पहाडको केन्द्र बिन्दुको रुपमा रहेको यहाको हावापानि एकदमै राम्रो रहेको छ । यहाँ का धार्मिक र प्राकृति ठाउँहरुले जो कोहिको मन लोभ्याछ । यहाँ घुम्नका लागि आर्थिक हिसावले पनि सस्तो रहेको छ । अहिले सबै स्थानीय तहले सडक संञ्जाल जोडिसकेको छ ।
कहाँ कहाँ छन् त घुम्नै पर्ने स्थानहरु ।
१-अमरगढि किल्ला डडेल्धुरा
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार देखि पाच मिनेटको पैदल यात्रा गरेर यहाँ पुग्न सकिन्छ । बसपार्क देखि पैदल टुडिखेल जाने बाटोमा यो ऐतिहासिक किल्ला रहेको छ । बीर अमरसिंह थापाले बनाएको ऐतिहासिक अमरगढी किल्ला हेर्दा जो कोहिको मन लोभिन्छ । यस भित्र चारैतिर पुरानो शैलिमा बानाएको दिवाल रहेको छ , दिवाको बिच बिचमा गुफाहरु बनाईएको छ । भित्र कोत घर रहेको, मन्दिर रहेको छ ।

No description available.
२- भागेश्वर मन्दिर धुरा
डडेल्धुरा सदरमुका देखि भागेश्वर गाउपालिकाको सदरमुकाम बगरकोट देखि चुल्ल, सिराड भएर धुरा पुग्न सकिन्छ । बगरकोट देखि गाउँ हुँदै महाभारत वन क्षेत्र छिचोल्दै तीन देखि चार घण्टाको पैदल यात्रा गरेर धुरा पुग्न सकिन्छ यहाँ हिडेर जादा थाकेको महसुस नै हुदैन । यस धुरा क्षेत्रमा महाभारत वन क्षेत्र रहेको छ । यहाको पानी ,हावा , माटो शुद्वताको धनी रहेको छ यहाँ एक पटक गएपछि बारम्बार जान मन लागिरहन्छ जो कोहि लाई । यहाखगएपछि बस्नुका लागि कुनै तनाब लिनु पर्दैन , बस्नुका लागि धर्मशाला बनाईएको छ तर यहाँ जादा खानाको व्यवस्थापन गरेर जानू राम्रो हुन्छ । यहाँ बाट तराई जाने बाटो समेत रहेको छ ।


३- अजयमेरु कोट (दरबार)
सदरमुकामबाट दुई घण्टाको दूरीमा रहेको अजयमेरु गाविस मा रहेको ‘अजयमेरु कोट’ ऐतिहासिक दरबार मध्येको एक हो । वि।स। १४४१ तिर भारतबाट आएका कत्युरवंशी मल्ल राजाहरु मध्येका प्रभावशाली राजा नाग मल्लको शासन व्यवस्थाको इतिहाससँगै जोडिएको सो दरबारसमेत रमणीय पर्यटकीय ऐतिहासिक स्थलका रुपमा रहेको छ । यहाँ राजाले बनाएका मुर्ति , पुरानो शैलिको पानी भर्ने नौला, गुफा रहेका छन् ।। पछि गएर शाहीहरुले अजयमेरुकोटमा शासन गरेर आन्तरिक संर्घषको फाईदा उठाइ सन् १७३७ मा मुगल सरदार मजिव खानले डोटी राज्यमाथि आक्रमण गरेका थिए । बाह्य आक्रमणपछि डोटी राज्यका दरबारियाहरु एक भएर कैलालीबाट मजिव खानलाई भगाइ डोटी राज्यको संरक्षण गरेको पाइन्छ ।
चार दशक भन्दाबढी अजयमेरुबाट शासन गरेका डोटेली राजाहरुले यस क्षेत्रमा निर्माण गरेका देवलहरु, स्नान घर र पानी पधेरो ढुंगेकलाका अनुपम उदाहरण हुन । पहाड जस्तै त्यतिबेलाकाहरुले बनाएका ढुंगाका स्तुपहरु अहिले पनि छन् । राजा रणबहादुर शाहको शासन र बहादुर शाहको नायबिकालमा सम्पन्न यो विजयपछि अमरसिंह थापा प्रसाशक भएर डडेल्धुरा आएका थिए । कालीपारीको विजय अभियान सम्पन्न गर्न रणनीतिक महत्वको डोटी गौंडा अमरसिंह थापालाई सहायक भएको थियो । मुख्य दरबार रहेको क्षेत्र हेर्दै खतरनाक छ ।


४- उग्रतारा मन्दिर
डडेल्धुरा सदरमुकामदेखि पाँच किलोमिटर टाढा बैतडि जोड्ने दशरथचन्द राजमार्गको छेउमा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिर छ । उग्रतारा भगवतीलाई आसुरी शक्तिमाथि दैवी शक्तिको र असत्यमाथि सत्यको विजयको रुपमा लिने हुँदा सुदूरपश्चिमेलीहरु यो मन्दिरप्रति विशेष आस्था राख्दछन् । मन्दिरमा हरेक बर्ष कात्तिक शुक्लपक्ष पुर्णिमाका दिन मन्दिरमा ठुलो जात्रा (मेला) लाग्ने गर्दछ । मनोकांक्षा पूरा गर्ने र सन्तान नभएकाहरुका लागि सन्तान दिने जनविश्वासका कारण आस्थाको केन्द्र मानिने उग्रतारा मन्दिरमा मेला भर्न छिमेकी राष्ट्र भारतका पिथौरागढ, नैनीताल, गढवाल, बनबासा, टनकपुर, खटिमालगायत सुदूरपश्चिमका नौवटै जिल्लाबाट भक्तजनहरु मेला भर्न आउँछन् ।
उग्रतारा मन्दिरबाट सुदूरपश्चिम क्षेत्रमा पर्ने मनोरम हिमालहरु पनि हेर्न सकिन्छ । धार्मिक दृष्टीले भक्तजनहरु आउँछन ।” मेलालाई धार्मिक जमघट र टाढाटाढाका इष्टमित्रहरुसँगको भेट गर्ने थलोका रुपमा लिइने भएकाले दशै तिहार भन्दा यहाँका बासिन्दा मेलापर्वलाई बढी महत्व दिने गर्छन । रोजगारका लागि घर छोडेर परदेशीएकाहरु पनि नौकरी छोडेर या छुट्टी मागेरै भएपनि मेलाको समयमा घर फर्कने गर्छन ।
देवीको प्रतिमुर्ति र वस्त्रले सजिएको खम्बालाई नचाउँदै, घुमाउदै लगिने गाँजले मन्दिरको वरिपरि रहेका तीनवटा ‘जुजुनेउटा’, ‘नाचनटाकुरी’ र ‘भुत्याउ बुंगा’ प्रकृति टाकुरामा गएर देवीले भागेश्वर, मालिका, दुर्गा र शिखरजस्ता धार्मिक स्थलतिर फर्केर अभिवादन गर्ने दृष्य मेलाको प्रमुख आर्कषण मानिन्छ ।
मन्दिरमा कात्तिक शुक्लपक्ष पुर्णिमाका दिनमात्र नभइ बडा दसैंको महाअष्टमीमा रागाको बलि दिने तथा चैतेदसैंमा बोकाको बलि दिइएर मेला बनाउने प्रचलन रहिआएको छ । मन्दिरको उत्पत्तिबारे प्रमाणित आधार नभेटिए पनि बुढापाकाको भनाइअनुसार मन्दिरको पूर्वतिर बस्ने साकी जातिहरुले गोरु जोत्ने बेला भगवतीलाई पाएर संरक्षण गरेको किंवदन्ती छ ।
प्यागोडा शैलीमा २०३८ सालमा मन्दिर पुनः निर्माण गरिएको हो । उग्रतारा धार्मिक मेलाका रुपलेमात्र प्रसिद्ध नभई डडेल्धुराको मुटुमा रमणीय स्थलमा रहेको हुदाँ यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको विकासका लागि नेपाल सरकारले ध्यान दिन सके उग्रतारा क्षेत्र पर्यटकीय क्षेत्र मध्ये एक बन्ने छ ।


५- आलिताल ताल
सुदूरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने धनगढी–डडेल्धुराअन्तर्गतको भिमदत्त पन्त राजमार्गदेखि झण्डै १७ किलोमिटर उत्तर–पश्चिममा पर्ने महाभारत पर्वत श्रृंखलाको फेदमा प्राकृतिक रुपमा भरिभराउ छ आलिताल । डडेल्धुरा जिल्लामा सबैभन्दा मनोमहक र ठूलो तालका रुपमा रहेको आलिताल दर्शकलाई घुमाउन उपयुक्त छ ।


डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने साविकको आलिताल गाविस–४ आमसैन गाउँमा पर्ने तालको उत्पत्ति बारेमा प्रयाप्त र ठोस जानकारी कसैसँग नभए पनि आजभन्दा झण्डै दुई सय वर्षअघि गाउँलेले रोपाइँ गर्दा खेतहरुको आली धसिएर ताल बनेको स्थानीय बुढापाकाह

भनाइ छ ।
खेतको आली धसिएर ताल बनेको हुदा तालको नाम आलिताल रहेको विश्वस गरिन्छ । स्थानीय बासिन्दाले तालको नामबाटै गाविसको नामसमेत आलिताल राखेका थिए । सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा ठूलो मानिने यो तालको वरिपरि घुम्दा झण्डै एक घण्टाभन्दा बढी समय लाग्ने गर्छ । तर, तालको लम्बाई चौडाई र गहिराई कति छ भन्ने विषयमा वैज्ञानिक नापजाँच हुन सकेको छैन । लम्बाई, गहिराई नापे देवता लाग्छ (रिसाउँछन्) भन्ने अन्धविश्वासका कारण स्थानीय बासिन्दाले पनि तालको वास्तबिक क्षेत्रफल थाहा पाउन शनसकेको स्थानीय चन्द्रदेव बोहरा बताउँछन् । यो तालको विकासमा सरकारले ध्यान नदिए पनि स्थानिय बासिन्दाले यसलाई धार्मिकस्थलको रुपमा विकास गर्न थालेका छन् । हिजोआज यहाँ विवाह व्रतबन्ध र बेलाबेलामा वनभोजको आयोजना गर्नेको संख्या बढ्दै गएको छ ।
६- परशुराम धाम भगवान विष्णुका १० अवतारमध्येका परशुराम भगवानले तपस्या गरी अमोद शक्तिशाली परशु (पर्सा) प्राप्त गरेको स्थलका रुपमा चिनिएको परशुराम क्षेत्र स्कन्द पुराणको मानसखण्डमा वर्णित अत्यन्तै पवित्र तिर्थस्थल भएको विश्वास रहिआएको छ । वर्षेनी पुस मसान्त र नयाँ वर्षको दिन विशाल मेला लाग्ने तिर्थस्थलमा ग्रहण लागेको दिनसमेत मेला लाग्ने गर्दछ । मेलाको दिन डडेल्धरा, डोटी, बैतडीलगायत छिमेकी जिल्लाहरुका साथै भारतका विभिन्न ठाउँहरुबाट समेत श्रद्धालु भक्तजनहरुको ओइरो लाग्नुकासाथै सुदूरपश्चिम क्षेत्रमा रहेका विभिन्न देविदेवताका धामी–झाक्रीहरु आ–आफ्नो घाटमा उपस्थित भएर काम्दै नुहाउने गर्दछन् । सुदूरपश्चिम क्षेत्रकै आस्थाको केन्द्रबिन्दुका रुपमा रहेको तीर्थस्थल परशुराम क्षेत्रमा भगवान परशुरामले नुहाउने गरेको परशुराम कुण्ड, उनका बुवाको जमाग्नी कुण्ड, आमा रेणुको टाउको काटिएको स्थल सुन्दर परिसरोवर, धर्मराज युधिष्टिरको पालामा बनाएइएको धर्मद्वारलगायतका धार्मिक क्षेत्रहरु रहेका परशुराम महात्मा स्थानीय ले बताए ।
किंवदन्तीअनुसार भगवान परशुरामको तपस्या भंग गर्न स्वर्गबाट देवराज ईन्द्रले परीहरु पठाएका थिए । परीहरुले नाच्ने गरेको ठाउँ हाल परिगाउँका रुपमा चिनिन्छ भने परीहरुको स्नान गर्ने स्थल परिसरोवर अत्यन्तै सुन्दर तलाउको रुपमा रहेको छ । प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको छ । भगवान परशुरामले तपस्या गर्दा होमकुण्ड होमेका जौं–तिल हाल ढुंगाका रुपमा रहेको जनविश्वास रहेकाले परशुराम धाम क्षेत्रमा रहेका चट्टानलाई समेत स्थानीय अपार श्रद्धाका साथ पूजा गर्ने गर्दछन् । मनोकामना पूर्ण गराउने तीर्थस्थलका रुपमा परिचित परशुराम क्षेत्रमा जोगबुढा बजारबाट कच्ची सडक पुगेको छ ।
महात्मा भन्छन, “कागवानी पर्वत (हालको कौवानी) को पूर्वमा महेन्द्र पर्वत मालाको फेदमा श्यामा (महाकाली) र रेवती (रंगुन) नदीको संगम स्थलमा रहेको परशुराम क्षेत्र हिन्दु धर्मावलम्बीहरुका लागि भारतको हरिद्वारभन्दा पनि महत्वपूर्ण तीर्थस्थल रहेको पुराणमा बर्णन गरिएको छ ।” दैनिक हजारौं भक्तजनहरुले पूजाआजा गर्ने गरेको र धार्मिक रुपमा मात्र नभइ पर्यटकीय दृष्टिकोणले समेत निकै सम्भावना बोककोे पौराणिक तीर्थस्थल परशुराम धामलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा स्थानीय बासिन्दाको जोड छ ।
७- घटालथान मन्दिर अमरगढी नगरपालिका ३ मा पर्ने घटाल बाबाको मन्दिर स्थानीय डोटी खोलाको किनारमा रहेको छ । महाभारतमा वर्णन गरिएअनुसार पाण्डवहरु वनबास हँुदा यस क्षेत्रमा आएका थिए । त्यो समयमा त्यहाँ रहेको तलाउको संरक्षण गर्न बसेकी राक्षसीसँग भीमसेनको संसर्गबाट घटोत्कचको जन्म भयो । तिनै भीमसेनपुत्र घटोत्कचको नाममा घटाल थान (ठाउँ) को निर्माण गरिएको यहाँका बुढापाकाहरुको भनाइ छ । यो ठाउँमा प्रत्येक वर्ष बैशाख २ गतेका दिन विशाल जात्रा (मेला) लाग्ने गर्दछ । प्रत्येक वर्ष लाग्ने जात्रा भर्न कैलाली, कञ्चनपुर र डडेल्धुराका ग्रामिण क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । घटालप्रति श्रद्धा गरी पूजपाठ गर्नेहरुको मनोकांक्षा पूर्ण हुन्छ भन्ने कुरामा यहाँका बासिन्दाहरु विश्वस्त छन ।XMA Header Image
त्यसै बेला एक वृद्धाले घटाल बाबालाई श्राप दिएपछि पहिले रहेको स्थानबाट खोलाले बगाएर केही तल खोलाको किनारामा रोकिएका जनविश्वास छ । पछि सोही ठाउँमा स्थानीय बासिन्दाले पूजाआजा गर्न थालेका हुन ।
यहाँका बासिन्दाहरुले यसको संरक्षणको लागि घटाल क्षेत्र विकास समिति गठन गरे पनि सरकारले सहयोग नगर्दा प्रचार–प्रसार र व्यवस्थित हुन सकेको छैन । अहिले यहाँ दैनिक मनोरञ्जनका लागि पिकनिक मनाउन आउनेको भिड लागेको हुन्छ । सरकारले यस्ता धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको उचित प्रचार–प्रसार र विकास गर्न सके डडेल्धुरा जिल्लाकै पर्यटकीय विकासमा ठूलो सम्भावना बोकेको छ । सदरमुकाम देखि करिब एक घण्टा काे पैदल यात्रा गर सहजै पुगिन्छ भने गाडिमा पनि जान सकिन्छ ।
८- गन्याप क्षेत्र डडेल्धुराका गन्यापधुरा गाउपालिकामा रहेकाे यस क्षेत्रमा गन्याप मन्दिर , शिखर धुरा , गन्याप ताल रहेका छन् । उस क्षेत्रमा विशाल ढुङ्गाका मुर्ति , नाग मन्दिर, यहाँ बाट देखिने रमणीय दृश्यले जाे काेहिकाे मन लाेभ्याउने गर्दछ । यहाँ बिहान गएर साझ सजिलै फिर्ता हुन सकिन्छ । यश क्षेत्रमा हरावरा जंगल , खाेलाकाे पानी बगिरहेकाे दृश्य ,हरिया फाट चाैर ,फुलिरहेकन फुलहरु यहाँ बिशेषता हुन् ।
यहाँ एक पटक गए पछि बारम्बार जान मन लाग्छ । यश क्षेत्रलाई मीन खप्त्डकाे रुपमा समेत लिनु सकिन्छ । यी क्षेत्रहरु घुम्नका लागि धेरै पैसा चाहिदैन । रमाईलाे पैदल यात्रा संग यी क्षेत्रमा घुम्नकाे मजा नै बेग्लै अाउछ । यी क्षेत्र घुमे पछि जाे काेहिकाे मन खुसि हुन्छ । नछुटाउनुस है समय मिलाएर यी ठाउहरु अवश्य घुम्नुस ।

XMA Header ImageXMA Header ImageXMA Header Image

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।