२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

गौरीफण्टा नाकामा पुनर्वासले खोल्यो होल्डिङ्ग सेन्टर

हरिलाल जोशी / पुनर्वास – केहि महिना अघि मात्रै कञ्चनपुरको कब्जामा रहेको गौरीफण्टा नाकामा पुनर्वास नगरपालिकाले होल्डिङ सेन्टरको स्थापना गरेको छ ।

आईतवार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले एक कार्यक्रमका बीच डोकेबजारमा होल्डिङ सेन्टरको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममै निड्स नेपालले साझेदारी परियोजना मार्फत पुनर्वास नगरपालिकालाई होल्डिङ्ग व्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री पनि नगर प्रमुख थापालाई हस्तान्तरण गरेको छ ।

होल्डिङ्ग सेन्टरको उद्घाटन गर्दै पुनर्वास नगरका मेयर जिवन थापाले नाकामा समस्या परेका नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखी उद्दार गरिने बताए ।

उनले नाकामा ओहोरदोहोर गर्ने नेपाली तथा भारतीय जो सुकै नागरिकलाई कुनै किसिमको पनि दुख हुन नदिन होल्डिङ्ग सेन्टरको स्थापना गरेको बताए ।

कार्यक्रममा पुनर्वास नेकपा नगर अध्यक्ष पदम पुजारा साथै नेकपा नगर सह इन्चार्ज कचन गिरी त्यस गरि पुनर्वास नगरपालिका प्रवक्ता भारमल सुनार र नेपाल सशस्त्र प्रहरी बल डोकेबजार त्यस गरि पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल ,वडा सदस्यहरु र डोकेबजार ब्यावस्थापन समितिका उपाध्यक्ष प्रदिप सिंह लगायतका व्यक्ति उपस्थित थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।