२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बझाङमा नागरिकता बनाउनेको भीड

बझाङ । अरु बेलाभन्दा जिल्ला प्रशासन कार्यालय बझाङमा अहिले नागरिकता बनाउनेको भीडभाड बढेको छ । नागरिकता बनाउनेको भीड बढीपछि जिल्ला शासन कार्यालयको नागरिकता फाँट , राहदानी फाँटका कर्मचारी बाहिर आगनमा बसेर सेवा दिन थालेका छन् । 

विगतका दिनमा यस्तो भीडभाड नहुने गरेको जिल्ला प्रशासनकी कर्मचारी अन्जु गिरीले बताइन्। लकडाउन खुकुलो भएसँगै अहिले शसस्त्र प्रहरी, नेपाल प्रहरीमा भर्ना खुल्नुका साथै विभिन्न शैक्षिक संस्थामा समेत भर्ना खुलेका कारण नागरिकता बनाउनेका चाँप बढेको हो ।

उनका अनुसार अहिले दैनिक एक सय ५० भन्दा बढी सेवाग्रहीले सेवा लिइरहेका छन् । कोरोनाको महामारीका बेला सेवाग्रहीहरुको प्रशासनमा भीड लागेपछि कर्मचारीलाई एकै ठाउँमा राखेर बाहिरबाट सेवा दिन लगाएको र सेवाग्राहीलाई पनि सामाजिक दुरी कायम गरी लाइवद्धरुपमा राख्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी,नाबालक परिचयपत्र , अन्य सिफारिस लिने गरेका छन् । प्रहरी प्रशासनबाट नागरिकलाई सामाजिक दूरी कायम गर्ने , मास्क लगाउने, सेनिटाइटर प्रयोग गर्ने भनिए पनि तर सेवाग्राहीहरुले भने व्यवास्ता गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।