भीम उपाध्याय लगायत नेपालिहरुले फेसबुकमा पोष्ट गरेको आधा घंटाभित्रै नेपालमा रहेका क्यामारूनका यी खेलाडी Daddy Wamba लाई स्वदेश फर्कन आवश्यक परेको रकम रू ८० हजार परिचय खुलाउन नचाहने एक नेपाली खेलाडीले भर्खरै सहयोग गरेको खबर मलाई दाताबाट प्राप्त भयो। नमन छ यी महान परिचय खुलाउन नचाहने नेपाली मनकारी दानबीर खेलाडी दातालाई।
अरू साथीहरूबाट यसैबीच करिब रू २० हजार सहयोग प्राप्त भइसकेको अनुमान छ। यो बढी हुने रकमबाट बाम्वाले आफ्नी २ वर्षकी छोरी र आमालाई केही कोसेली किनेर नेपालीको तर्फबाट भनी दिनेछन्। अब थप सहयोग गर्न नपर्ने भयो।
नेपाली जनताको तर्फबाट बाम्वालाई आजै आधा घंटामा नै रू १ लाखको कोसेली पुर्याउन पाउँदा मन हर्षित भएको छ। सबै दाता नेपाली दयालू जनताप्रति नमन।
याे पनि पढनुहाेस- https://khabardarinews.com/5828



Views: 175

























