२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक

काठमाडौं। गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ। नेपसिस्टर्सको अफिसियल युट्युब च्यानलमार्फत् भिडिओ सार्वजनिक भएको हो। 

डान्सिङ शैलीमा रहेको यस गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ। उनी लामो समयदेखि विदेशमा नयाँ पुस्तामाझ नेपाली भाषा, साहित्य र संगीतको प्रशिक्षण गर्दै आएका छन्। 

गीतको म्यूजिक भिडिओमा युवायुवतीबीचको प्रेम र आकर्षणलाई अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्माले प्रस्तुत गरेका छन्। 

मोहित मुनालको संगीत संयोजन रहेको यस गीतको भिडिओमा शुभम भुजेलको कोरियोग्राफी रहेको छ। निर्देशक निकेश खड्काले तयार पारेको भिडिओमा बुद्ध थापाको छायाँकन रहेको छ। भिडिओको सम्पादन विकास धमलाले गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।