काठमाडौं । मकवानपुरमा ६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मकवानपुर गढी गाउँपालिका–७ सिकारीडाँडाका एक जना पक्राउ परेका छन्।



४० वर्षीय कृष्णबहादुर लोलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
कृष्णले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले पक्राउ गरेको हो।यस्तै, झापामा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाकै दमक नगरपालिका–५ भाङबारी घर भइ हाल बुद्धशान्ति गाउँपालिका–६ बस्ने ४० वर्षीय बिर्खबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
बिकले ती महिलालाई बलात्कार गरेको खबरका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनाविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अनुसन्धान थालेको जनाएको छ।
Views: 161

























