२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

महिलाको पहिलो रोजाईमा परे बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव परिणाम लगभग छर्लङ्ग भईसकेको छ । अब मात्र औपचारिक घोषणा बाँकी रहेको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेका जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै इलेक्टोरल भोटले अगाडि छन् ।

बाइडेनले २५३ भोट र ट्रम्पले २१४ इलेक्टोरल भोट हालसम्म पाएका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल भोट छन् ।

जसमा २७० भोट ल्याए बहुमत पुग्नेछ । यसैबीच अमेरिकी चुनावमा सबै रेकर्ड तोडिएको छ ।

अमेरिकी मतदाताले धेरै संख्यामा भो.ट दिएका छन् । अमेरिकामा ६६.९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेका छन् ।

अझ रोचक कुरा त यो चुनावमा बाइडेनलाई महिलाले धेरै मन पराएका छन् । अहिलेसम्मको परिणामका अनुसार ५६ प्रतिशत महिलाले बाइडेनलाई भोट हालेका छन् ।

त्यस्तै ट्रम्पलाई मात्र ४३ प्रतिशतले भोट हालेका छन् । पुरुष मतदातामा ८ प्रतिशत भोट बाइडेन र ४९ प्रतिशत भोट ट्रम्पको पक्षमा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।