पहिलो पटक कैलालीमा कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरिएको छ ।



टिकापुर नगरपालिका–१ बस्ने ५० बर्सिय भगवती प्रशाद उपाध्यायको शब टिकापुरको दौलतपुर घाटमा हिन्दु परम्परा अनुसार सेनाले जलाएर अनतेष्टि गरेको हो । यस अघि सम्म सेनाले शब लाई खाल्डोमा गाडेर अनतेष्टि गर्दै आएको थियो ।
तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले परिवारको आग्रह अनुसार जलाएर अनतेष्टि गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।
कार्तिक १५ गते काठमाडौँमा गरीएको परिक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । होम आइसोलेसनमा बस्दै आएका उनको शुक्रबार राती मृत्यु भएको थियो ।
Views: 136

























