२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

किसानका माग संकलन गर्दै गन्यापधुरा गाउँपालिका

डडेल्धुरा । गन्यापधुरा गाउपालिकाले व्यवसायिक पशुपालन तथा कृषि गरि रहेका किसान बाट माग संकलन गर्ने भएको छ ।

कृषि तर्फ आलु, तरकारी, मसला बाली, अमिलो जातका फलफुरु तथा पशुपालन तर्फ गाई, भैंसी, बाख्रा, बंगुर पालनका लागी आवश्यकताका आधारमा माग संकलन गर्ने भएको हो ।

कृषि शाखाले शनिबार आयोजना गरेको पकेट विकास कार्यक्रम बाली तथा पकेट क्षेत्र समबन्धि छलफलमा आगामी आर्थिक बर्ष २०७८/२०७९ का लागी किसानहरुका माग संकलन गर्ने निर्णय गरेको छ ।

गन्यापधुरा गाउपालिका–४ कैलपालमाण्डौमा आयोजना गरिएको कार्यक्रमले व्यवसायिक रुपमा कृषि, पशुपालन गरिरहेका किसान लाई सहयोग गर्न माग संकलन गरि योजना बनाउने निर्णय भएको कृषि शाखा प्रमुख करन सिंह बुढाऐरले बताए ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष नबल बहादुर मल्लले कृषि र पशुपालन तर्फ सबै भन्दा बढी बजेट रहेको बताए ।

किसान लाई अनुदान वितरण गर्दा कृषि प्राबिधिक र जनप्रतिनिधीहरुको रहोवरमा गरिने उनले बताए ।

गन्यापधुरा गाउपालिकामा सामुहिक एवं एकल रुपमा फर्म दर्ता गरी ठुलो क्षेत्रफलमा तरकारी खेती र पशुपालन गर्न थालिएकाले यसले उत्पादन बृद्धिका साथै स्थानियका आमदानिका स्रोत बढाउने वडा अध्यक्ष चेतराज भट्टले बताए ।

व्यवसायिक रुपमा कृषि गरिदा अनुदानका कार्यक्रम ल्याउन सहज वितरणमा सहज हुने उनको भनाई थियो । व्यवसायिक खेतीपातिले बेरोजगारी कम हुने उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।