भारतको देहरादुनमा नेपाली विद्यार्थीमाथि कुटपिट भएको शाक्य एकेडेमीमा आत्महत्या गरेका शिक्षक समेत नेपाली भएको खुलेको छ।



विद्यार्थीमाथि कुटपिटको घटना सार्वजनिक भएपछि अघिल्लो शनिबार ती शिक्षकले स्कुलको आफ्नै आवसीय कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।
गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले आत्महत्या गरेका शिक्षक आफ्नै गाउँपालिकाको भएको पुष्टि गरे। उनले मृतक लेकपाका बुबाआमाको अनुरोधमा देहरादूनमै रहेका उनका मामालाई शव बुझ्ने र अत्येष्टि गर्ने गरी सिफारिस पत्र समेत बनाइदिएको बताए।
मृतक शिक्षक २८ वर्षको मात्रै भएको र तीनवर्षदेखि देहरादूनमा रहेको विष्टले बताए।
देहरादूनमा रहेका नेपाली प्रतिनिधिहरु घटनाबारे जानकारी लिन पुगेपछि एकेडेमीकी प्रिन्सिपल छिरिङ छोदेनले माफी माग्दै घर जान चाहने विधार्थीलाई घर जान दिने सहमति समेत गरेकी थिएन।
घटनालगत्तै केही विद्यार्थीहरु भागेर नेपाल आएका थिए भने बाँकी विद्यार्थीहरु पनि हाल नेपाल आइसकेका छन।
कतिपयले एकेडेमीका अधिकारीहरुले ती शिक्षकले विद्यार्थीमाथि भएको कुटपिटको फोटोहरु सार्वजनिक गरेका आरोप लगाउँदै उनीमाथि दबाब श्रृजना गरेको आशंका गरेका छन। तर, स्कुल पदाधिकारीहरुले भने उक्त कुरा अस्वीकार गर्दै आएको देहरादूनका स्थानीय पत्रकार चेतन गुरुङले बताए।
उनका अनुसार बालबच्चाहरुलाई अनुशासनमा राख्न नसकेको र आफ्ना कारण गुरुको बदनाम भएको ग्लानीका कारण नेपाली शिक्षकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाई छ।

























