२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बुबालाई आक्रमण गरेको रिसमा सन्तोषले लिए २५ वर्षीय युवकको ज्यान

काठमाडौँ । प्रहरीले काभ्रेको रोशी गाउँपालिका–११ भैँसेडाँडा बस्ने २५ वर्षीय सुब्बा बिसुङ्खेको हत्यामा संलग्न सन्तोष नेपालीलाई पक्राउ गरेको छ । बिसुङ्खेको शनिबार बिहान ढुंगा प्रहारबाट हत्या भएको थियो । 

आफ्नो बुबालाई बञ्चरो प्रहार गरेर घाइते बनाएको रिसमा सोही ठाउँका २४ वर्षीय सन्तोष नेपालीको ढुंगा प्रहारबाट बिसुङ्खेको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए । 
सामान्य विवादमा बिसुङ्खेले सन्तोषको ५५ वर्षीय बुबा खड्ग बहादुर नेपालीलाई बञ्चरो प्रहार गरेर गम्भीर घाइते बनाएको एसपी पौडेलले बताए । बुबालाई बञ्चरो प्रहार गरेको रिसमा सन्तोषले ढुंगा प्रहार गर्दा बिसुङ्खेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका खड्ग बहादुर नेपालीको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल काभ्रेमा राखिएको छ । सन्तोषलाई हिरासतमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।