कञ्चनपुर- कञ्चनपुरमा शनिवार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालमा गरिएको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।



कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा २ महिला र ५ पुरुष गरि ७ जना, बेलौरी, बेलडाँडी कृष्णपुर र पनर्वासमा १–१ जना गरि ४ मा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।
कञ्चनपुरमा यो सहित कोरोना संक्रमितको संख्या १ हजार १ सय ६ पुगेको छ ।
Views: 242

























