धनगढी, २२ कात्तिक । बैतडीमा सार्वजनिक जीपबाट ३ किलो लागु औषध चरेश प्रहरीले बरामद गरेको छ ।



बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागु औषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले जीपबाट चरेश बरामद गरिएपनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए ।
Views: 143

























