नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।



हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ भने १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।
Views: 135

























