धनगढी : कैलालीमा गएराति कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षका पुरुष र बर्दगोरिया गाउँपालिका– ४ का ५९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।



इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेका अनुसार कोरोना संक्रमित भएपछि घरमा बस्दै आएका पुरुषको मृत्यु भएको हो।उनको काठमाडौमा कोरोना चेक गरिएको थियो।
उनी कोरोना पुष्टी भएपछि टीकापुर घर आएका थिए।मृतकका आफन्तका अनुसार उनी बोन क्यान्सरको उपचार गराइरहेका थिए।यो संगै टीकापुर नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
हिजो मात्रै टीकापुर नगरपालिका– १ की ५३ वर्षकी एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने यसअघि वडा ५ का ६० वर्षका एक पुरुषको मृत्यु भएको थियो।मृतकको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गर्ने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले बताए ।

























