२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका ८, शमशेरगन्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १, कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका १० दाङका २० वर्षीया महिला र तुलसीपुर ५, दाङका ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका शमशेरगन्जका ४८ वर्षीय पुरुषको शुक्रबार साँझ ५स्२० बजे मृत्यु भएको हो । त्यस्तै दाङका ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलालीकी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङकी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको हो ।
सङ्क्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।