२०८१ चैत्र १५ शुक्रबार
२०८१ चैत्र १५ शुक्रबार

हरेक नेपालीको थाप्लोमा ४३ हजार ७ सय रुपैयाँ ऋण

काठमाण्डाै – नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार  २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

नेपालको अहिलेकाे जनसङ्ख्या तीन करोड २७ हजार ६ सय ५९ जनालाई भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय १६ रुपैयाँ ऋण पर्न आउँछ । 

१३ खर्ब १२ अर्ब रुपैयाँमध्ये पाँच खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र सात खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्म अर्थात् ११ महिनामा सरकारले आन्तरिकतर्फ ३३ अर्ब ८९ करोड रुपैयाँको साँवा र १९ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको  छ ।

बाह्यतर्फ १६ अर्ब ५२ करोड रुपैयाँ सावाँ र तीन अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।  

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।