कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरमा टिप्परको ठक्करबाट १ जना घाइते भएका छन् ।



जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ख ९६४ नम्बरको टिप्परले से ५ प ५३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लोकराज पन्त घाइते भएको जानकारी दिए ।
टिप्पर र चालक लालबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Views: 156


















