२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण

काठमाडौँ । आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको  समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो ।
अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । उहाँका अनुसार अब परीक्षणको दायरा विस्तार गरेर छिट्टै व्यावसायिक रूपमै टेलिभिजन प्रसारण हुनेछ ।
टेलिभिजन प्रसारणसँगै यसको बिलिङ प्रणाली व्यवस्थापनको काम पनि कम्पनीले गरिरहेको छ । दशैँ अगाडि नै कम्पनीले बिलिङ प्रणालीको पहिलो चरणको परीक्षण पनि गरिसकेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । उक्त परीक्षण पनि सफल भइसकेको छ, उहाँले भन्नुभयो । कम्पनीले हाल उपलब्ध गराइरहेको एफटीटीएच इन्टरनेटमा ग्राहकलाई ल्यान्डलाइन नम्बरसहित राउटरमा टेलिभिजन ‘पोर्ट’ समेत उपलब्ध गराएको छ । कम्पनीले व्यावसायिक रूपमा टेलिभिजन प्रसारण सुरु गरेपछि ग्राहकले सोही पोर्टमा जडान गरेर टेलिभिजन हेर्न सक्नेछन् ।
टेलिकमले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा तुलनात्मक रूपमा गुणस्तरीय मानिएको एफटीटीएच विस्तारलाई समेत कम्पनीले प्राथमिकतामा राखेको अधिकारीले जानकारी दिनुभयो । साउनसम्म टेलिकमका दुई लाख १३ हजार एफटीटीएच ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।
असोजमा मात्रै एकैपटक १३ हजारभन्दा बढी एफटीटीएच प्रयोगकर्ता थपिएको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै एक महिनामा थपिएका एफटीटीएच प्रयोगकर्तामध्ये यो अहिलेसम्मकै उच्च हो ।
पछिल्लो समय इन्टरनेट सेवा प्रदायकमाझ पनि इन्टरनेटमा आधारित आईपीटीभी सुविधा उपलब्ध गराउने क्रम जारी छ । नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेटमा विभिन्न नाममा टेलिभिजन सुविधा पनि दिँदै आएका छन् । इन्टरनेटमार्फत नै टेलिभिजन प्रसारण हुने भएकाले ग्राहकले त्यसका लागि छुट्टै अन्य उपकरणको व्यवस्था गर्नुपर्ने झन्झट यसले कम गरिदिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।