२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

अमेरिकाको एक सहरमा कुकुर बन्यो मेयर

विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले बकाइदा चुनाव जितेर मेयर बनेको हो ।

फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।

मेयर पदमा निर्वाचित हुनका लागि विल्बरले प्राप्त गरेको मत त्यहाँको निर्वाचन इतिहासमै अहिलेसम्मकै सर्वाधिक मत रहेको बताइएको छ ।

निर्वाचनमा ज्याक र्‍याबिट नामको कुकुर उसको निकटतम प्रतिद्वन्दी बनेको छ ।

सन् २०१७ देखि उक्त सहरमा ब्रेन्नेथ पाल्ट्रो मेयरको रुपमा कार्यरत रहेको थियो । स्मरणीय त के छ भने निवर्तमान मेयर पाल्ट्रो पनि कुकुर नै हो ।

सहरको राजदूतको रुपमा कार्यरत लेडी स्टोन नामक कुकुरले विल्बर मेयर पदमा निर्वाचित भएको आधिकारिक घोषणा ट्वीटरमा गरको छ । एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।