२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

कञ्चनपुरमा बाटो सम्बन्धि विवाद : श्रीमान श्रीमती घाइते, ३ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा श्रीमान श्रीमती घाइते भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा परी ४५ वर्षीय कासीराम सार्की र उनकी श्रीमती राधादेवी सार्की घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइते सार्की दम्पत्तीको महाकाली अस्पतालमा उपचार भइरहेको  जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाले झडपका क्रममा उनीहरु दुवै जनालाई कुटपिट गर्ने सोही ठाउँका ५५ वर्षीय देवी सार्की, ४६ वर्षीय राजु सार्की र ५१ वर्षीय मदनराज सार्कीलाई पक्राउ गरिएको बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।