धनगढी। सुदूरपश्चिम प्रदेशका थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा १ सय जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३ सय ३३ जनाको गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४१ जना, जानकी गाउँपालिकाका १९ जना, टीकापुर नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।
यस्तै जोशीपुर र चुरे गाउँपालिकाका २÷२ जना, ठेगना नखुलेका १ जना, कञ्चनपुरको वेदकोट नगरपालिकाका ९ जना, बेलौरीका २ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले बताउनु भयो ।
कञ्चनपुरकै भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका १÷१ जना, डोटीको दिपायल सिलगढी नगरपालिका, अछामको साफेबगर नगरपालिका र सुर्खेतका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको उहाले जानकारी दिनु भयो ।
उता डोटीमा गरिएको परिक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ७३ को परिक्षण गरिएकोमा डोटीका ४ जनामा कोरोना संक्रमण पुष्टी भएका अस्पतालले जनाएको छ ।
संक्रमण पुष्टी हुनेमा डोटीको केआइसींह र जिल्ला प्रहरी कार्यलय डोटीमा कार्यरत २ जना प्रहरी रहेको जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । यस्तै बझाङमा गरिएको परिक्षणमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा २९ जनाको परिक्षण गरिएकोमा थप ४ जनामा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिनुभयो । उनका अनुसार जयपृथ्वी नगरपालिका, मष्टा गाउपालिका १÷१ जना र जिल्ला प्रहरी कार्यालयमा कार्यारत २ जनामा सक्रमण पुष्टि भएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ९३ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार २ सय बढीले कोरोना जितेका छन भने २५ जना संक्रमितको मृत्यु भएको छ ।

























