२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

कृष्णपुर नगरपालिका- ५ गुलरियामा ५० लाख लगानीमा मणिलेक हेल्थ केयर सेन्टर सञ्चालनमा

देब साउद/कञ्चनपुर- कञ्चनपुरकने कृष्णपुर नगरपालिका-५ गुलरियामा ५० लाखको लगानीमा मणिलेक हेल्थ केयर सेन्टर सञ्चालनमा आएको छ । 

कृष्णपुर नगरपालिका गुलरियाका ३५ बर्षीय सुरेन्द्र कुमार रावल बिगतमा सामान्य कृषि पेशामा गदैँ आएका थिए । उनले केरा खेती देखि विभिन्न नगदे बालीहरु लगाउदैँ आएको बताएका छन् ।

No description available.

मणिलेक हेल्थ केयर सेन्टर कसरी सञ्चालन आयो त ?

उनमा एक्कासी मोड परिर्वतन भयो । गुलरियामा खट्की रहेको स्वास्थ्य समस्यालई निराकरण कसरी गर्न सकिन्छ भन्ने बाटो तर्फ उनी लागे । उनी पेशा नै परिर्वतन गरी स्वास्थ्य तिर लागेका हुन् ।

स्वास्थ्य संस्था सञ्चालनमा ल्याउन उनलाई पक्कै पनि सहज थिएन् । एक बर्ष देखि विभिन्न साथिहरु संग छलफलमै रहेका रावल अन्ततः स्वास्थ्य संस्था खोल्ने अड्डी कसेरै बसे । यसै बिच विश्व व्यापी फैलिएको कोरोना संक्रमणले गर्दा नेपालमा पनि लकडाउन भयो ।

अनि, पढाई तथा रोजगारको शिलाशिलामा वाहिर गएकाहरु विस्तारै घरमा आए । त्यसैबीचमा उनलाई स्वास्थ्य संस्था सञ्चालन गर्नमा साथ दिन डा. सुनिल चन्द तयार भए ।

कोहलपुर अस्पतालमा काम गदैँ गरेका चन्द लकडाउनमा घर आए पछि हेल्थ केयर सेन्टर खोल्न तयारी भएका हुन् । भविष्यमा १५ बेडको अस्पताल सञ्चालन गर्ने उदेश्यका साथ रावल र चन्द द्वयले हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याएका हुन् । ५० लाख लगानीमा प्याथोलोजी सेवा सहित २४ घण्टे आकस्मिक सेवा सुरु गरेको सञ्चालक सुरेन्द्र रावलले बताए ।

‘गुलरिया आसपासका नागरिकहरुको सेवालाई मध्ये नजर गरी पहिले चरणमा हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याएका छौँ’ उनले भने । ‘यसलाई विस्तार १५ शैया सम्मको अस्पतालमा बनाउने लक्ष्य रहेको छ ।

मणिलेक हेल्थ केयर सेन्टरमा के -कस्ता सुविधा छन् ?

’ हेल्थ केयर सेन्टर यहि कार्तिक ७ गतेबाट सञ्चालनमा आएको हो । अस्पतालमा डाक्टर सुनिल चन्द र डाक्टर दानसिंह बुढा एमबिबिएस चिकित्सक हुन् । यस्तै अन्य अनमी, नर्स गरी १२ जना कर्मचारी रहेका छन् ।

हेल्थ केयर सेन्टरलाई नाफामुखी भन्दा पनि सेवामुखी बनाउने आफुहरुको मुख्य उदेश्य रहेको चिकित्सक सुनिल भण्डारीले बताए । ‘यहाँका नागरिकहरुलाई सामान्य उपचारमा पनि टाढाटाढा पुग्नु पर्ने बाध्यता छ ।

त्यसको अन्त्यका लागि हामीले सुरुवात गरेका छौँ ।’ उनले सुरुवातमै जेष्ठ नागरिकहरुलाई १० देखि २० प्रतिशत उपचारमा छुट दिने गरेको जानकारी दिए । गुलरिया बजारमा हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।

यहाँको स्वस्थ्य सेवामा केही न केही टेवा पुग्ने उदेश्यका साथ युवाहरुको टिम तयार भएर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याएको व्यवस्थापनक राजेश भट्टले बताए । सुरुवात चरणमा हुँदा पनि स्थानीयहरुको राम्रो साथ र सहयोग पाएको उनले बताए ।

‘हेल्थ केयर सेन्टर सञ्चालमा आएको २ हप्ता भएको छ’ उनले भने । ‘दैनिक रुपमा केहि नभए पनि १५ देखि २० जना बिरामीहरु उपचार गर्न आउने गरेका छन् ।’

हेल्थ केयर सेन्टरमा रुगाखोकी, गाईनो, प्रसुति, अप्रेसन, एक्सरे लगायतका सेवा २४ घण्टा उपलब्ध रहेका छन् ।

No description available.

No description available.

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।