२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

कञ्चनपुरमा दोहोरो नागरिकता लिन खोज्ने एक युवक पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा दोहोरो नागरिकता लिन खोज्ने एक युवक पक्राउ परेका छन ।
दोहोरो नागरिकताको लिन खोज्ने कञ्चनपुरको महाकाली नगरपालिका –७ का गोविन्द सुनारलाई शुक्रबार प्रहरीले पक्रराउ गरेको हो ।

सुनारले नाम र जन्म मिति परिवर्तन गरेर दोहोरो नागरिकता लिनका लागि वडा अध्यक्षको सिरफारिस सहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

यसअघि २०७२ सालमा सुनारले २०५४ फागुन २० गतेको जन्म मिति राखेर नागरिकता लिएका थिए ।

शुक्रबार दोस्रो पटक नागरिकता लिन प्रशासन पुगेका उनले गोविन सुनारको नामबाट जन्म मिति २०५८ साल माघ २ गते राखेको भेटिएपछि उनलाई अनुसन्धाको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए ।

प्रहरीमा भर्ना हुनका लागि उमेर घटाएर दोहोरो नागरिकता लिन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । थप अनुसन्धानका गरी आवश्यक कार्बाही हुने प्रवक्ता अमरबहादुर थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।