देब साउद/ कैलाली- कैलालीको अत्तरियामा पार्किङ गरेको जिपलाई अटोले ठक्कर दिँदा ३ जना गम्भिर घाईते भएका छन् ।



म १ ह ८२३ नम्बरको अटो अनियन्त्रि हुँदा धनगढी–अत्तरिया सडकमा पार्कीङ गरेर राखेको बा १९ च ८९४८ नम्बरको जिपमा ठक्कर दिँदा ३ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
अटो चालक गेटाका राजहादुर विक र गटाकै अटोमा सवार लुल्सी भुल र लालबहादुर भुल घाईते भएका हुन् ।
अटो चालक सहित अटोमा सवार यात्रु घाईते भएका हुन् । घाईतेका अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भईरहेका छ ।
पार्कीङ गरेर राखेको जिपलाई ठक्कर दिँदा जिप भन्दा अगाडि राखेको स्कूटिमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।। से ६ प ५७९४ नम्बरको स्कूटिमा क्षति भएको हो ।
Views: 210

























