धनगढी । सेती प्रादेशीक अस्पतालमा शुक्रबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३२३ जनाको कोरोना परिक्षण गरिएकोमा थप ९२ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा ३० महिला ६२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर २ का ९ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ६जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ र १२का २/२जना, वडा नम्बर ८,९ र १०का एक/एक जना र धनगढीको स्थानीय तहनखुलेका २ जनामा संक्रमण पुष्टी भएको छ ।



त्यस्सै गरि कैलालीको जानकी गाउपालीकाका १९ जना, टिकापुरका ९ जना, जोशीपुर र चुरेका २र२जना र कैलालीको स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यसै गरि कञ्चनपुरको बेदकोटका ९जना, पुर्नवास, बेलडाडी भिमदत्तका र कृष्णपुरका एक/एक जना र बेलौरीका २जनामा पनि संक्रमण पुष्टी भएको छ ।
दिपायल र अछामका एकएक जना र सुर्खेतका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

























