धनगढी,२१ कार्तिक । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्यमा समस्या आएपछी थप उपचारका लागि शुक्रबार हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।



नाकबाट अत्यधिक रक्तस्राव भएपछि बिहीबार उनलाई धनगढीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
‘रक्तस्राव रोकिए पनि लगातार आइरहेको ज्वरो कम नभएकाले थप उपचारका लागि काठमाडौं लगिएको हो,’ मन्त्री शाहका स्वकीय सचिव जंग विकले भने । उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
Views: 144

























