काठमाडौं – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका २ का ज्योतिष तथा आदर्श व्यक्तित्व जयदेब जोशी निधन भएको छ । ८४ वर्षका ज्योतिष जोशी बिगत २० दिन देखि फोक्सो सम्बन्धी बिरामीको कारण महाकाली अञ्चल अस्पतालमा उपचाररत थिए । उपचार सम्भव नभएपछि उनलाई घर ल्याउँदा करिव राती ८ : ३० मा निधन भएको श्रोतले जनाएको छ । उक्त श्रोतका अनुसार ज्योतिष जयदेव – प्राइमटाइम्स टेलिभिजनकी समाचार प्रमुख राधिका जोशीका पिता समेत रहेका छन् । पत्रकार राधिकाका पिता मात्र नभई गाउँको एक आँटिलो, खम्बा,अठोला ज्योतिष परिवारका आदर्श पुरुष जोशी गाउँमै धार्मिक तथा सम्मानिय व्यक्तित्व समेत हुन् । उनका ४ छोरा ४ छोरी छन ।



Views: 192

























