२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

सबै थाहा छ तपाईंलाई

केटाले नम्बर माग्यो तिमीले दियौ
केटाले तस्बिर माग्यो तिमीले दियौ
केटाले भिडियो कल गरौ भन्यो तिमीले गरेउ
केटाले पछ्यउरी हटाउ भन्यो तिमीले हटायौ
केटाले केही कुरा हेर्ने आस गर्यो तिमीले पूरा गरिदियौ
केटाले भेट्ने कुरा गर्यो तिमीले बाबा आमा लाई धोखा दिएर उसलाई भेट्न गयौ।
अनि केटाले पार्कमा लगेर तिम्रो तारिफ गर्दै पार्क घुमायो तिमी मख्ख पर्दै घुम्यो।

र पार्ककै छेउमा चिसो जुस पिउदै केटाले हात लगायो,इसारा गर्यो
तर तिमीले नया जमाना हो भनेर सबै चल्न दिनु भयो ।

र केटाले होटलमा कोठा लिने कुरा राख्यो… तिमी लजाउदै भो बिहे भन्दा अगाडि यो सब राम्रो हुदैन भन्यो

अनि केटाले २/३ पटक भनिराख्दा तिमी तयार भयो होटलको कोठामा जान….
तिमीहरु दुई बिच सम्भोग भयो
एक कुराले दुला दुलही भयो तर बच्चा नहोस् यो कुरामा ध्यान चाहिँ दियौ।

अनि एक दिन केटाकेटी बिच झगडा भयो र सबै अन्त्य भयो ।
र तिमीले केटालाई दोष लगायौ। मलाई उसले लुट्यो भन्यौ।

एकछिन एकछिन
यहाँ केटा गलत छैन। तर पनि भन्छन् केटा दोषी छ सबै केटाले गर्दा भएको हो।
किनकि तपाईले तस्बिर दिनु भाको थिएन होला है
तपाईले नम्बर पनि दिनु भाको थिएन होला
केटाले जबर्जस्ती मोबाइल भित्र गएर लिएर गाको थियो होला।
तपाईले भिडियो कल पनि गर्नु भाको थिएन होला केटा तपाईंको घरमै गएर हेरेको थियो होला।
पार्क र होटलमा पनि तपाईलाई जबर्जस्ती घरबाट लतारेर लिएर गाको थियो होला।

तर दोषी केटा छ। तपाई होइन ।
तपाई ५ वर्षको अन्जान बच्चा हो?
तपाई केही कुरा बुझ्नु हुदैन ?
मिडिया समाचारमा दिनप्रतिदिन आएका यस्ता घटना बुझ्नु हुन्न?

आफ्नो नग्न तस्बिर पठाउनु पार्कमा जानू चिसो जुस पिउदा केटाले इसारा गर्नु… तपाईलाई थाहा थिएन होटलको चार भित्तामा केटाकेटी नग्न भएर शरीरको लाज हटाउछन् भन्ने?

थाहा थियो तपाईलाई ,सबै थाहा छ तपाईलाई…..

तपाई आफ्नो ठाउमा रहनुस् तपाईलाई कसैले पनि नोक्सान गर्न सक्ने छैन।
र तपाई पनि तयार हुनुन्छ भने यसले मलाई लुट्यो नभन्नुस्
दुबैले माया जस्तो पबित्र नातालाई बदनाम नगरौ
माया मन हेरेर गरौ तन हेरेर होइन ।
लैलै✍️
लेखक:- ममता अर्याल

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।