२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

१० लाख घुस लिएको अभियोगमा विद्युत् प्राधिकरणका इञ्जिनियर पक्राउ

हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ।

हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो। ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनियर जैसवालले १० लाख रुपैयाँ मागेका थिए।

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।