२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

थप १८ कोरोना संक्रमितको मृत्यु

 कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने १ हजार ५२ जना पुगेका छन् । बुधबार एकदैन ३० को मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।