२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्मकै बढि भाेट पाए

 अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाएका छन्।
अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसकेका छन् । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राखेका थिए । उनले ६ करोड ९४ लाख ९८ हजारभन्दा धेरै मत ल्याएका थिए । उनकै पालाका उपराष्ट्रपति बाइडनले अहिले ओबामाको कीर्तिमान तोडेका हुन्।

अहिलेसम्मको मतगणना सकिँदा बाइडनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भन्दा धेरै भोट पाइसकेका छन् । ट्रम्पले अहिलेसम्म  ६ करोड ८३ लाख १५ हजारभन्दा धेरै मत पाएका छन् । अझै मतगणना सकिएको छैन । अझै लाखौं मत गन्न बाँकी रहेकाले दुवै उम्मेदवारले सन् २००८ मा ओबामाले राखेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ।

यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएका हुन् । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाएकी थिइन् । तर, निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।
मालाया खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।