२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

भारतको सम्पुर्णानगरमा कञ्चनपुरका युवककाे मृत्यु

कंचनपुरको पुनर्वास नगरपालिकासंगै सिमा जोडिएको भारतीय बजार सम्पुर्णानगरको एक होटेलमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका-४ का २२ वर्षीय युवक रमेश दमाईको बुधबार साझ भारतको सम्पुर्णानगर स्थित एक मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दमाई भारतमा रोजगारी गर्दै आएको र लकडाउनको समयमा घर आएको पारिवारिक श्रोतले जनाएको छ ।

लकडाउनमा घर आएका दमाई भदौ ३० गते घरबाट वेपत्ता भएको भनि खोजीका लागि असोज ३ गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी परेको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार उजुरी परेको केहि समयपछि भारतको उत्तरप्रदेश सम्पुर्णानगर खिरीको एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकको परिवारले प्रहरी कार्यालयमा जानकारी गराएको बताए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार मृतक दमाई केहि दिन देखि बिरामी रहेको र उपचारका क्रममा उनको बुधबार साझ सम्पुर्णानगरकै एक मेडिकलमै मृत्यु भएको बताए ।

मृतक दमाईका दाईले प्रहरीसमक्ष दिएको बयानमा भाईको मानसिक सन्तुलन पनि त्यति ठिक नभएको जनाएको छ । अहिले मृतक दमाईको पार्थिव शरीर भारतबाट नेपाल स्थित पुनर्वास नगरपालिका-४ घगाउ स्थित घरमा ल्याईएको छ ।भने पुनर्वासको प्रहरी टोली पनि मृतकको घरमा पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।