२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

भारतको सम्पुर्णानगरमा कञ्चनपुरका युवककाे मृत्यु

कंचनपुरको पुनर्वास नगरपालिकासंगै सिमा जोडिएको भारतीय बजार सम्पुर्णानगरको एक होटेलमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका-४ का २२ वर्षीय युवक रमेश दमाईको बुधबार साझ भारतको सम्पुर्णानगर स्थित एक मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दमाई भारतमा रोजगारी गर्दै आएको र लकडाउनको समयमा घर आएको पारिवारिक श्रोतले जनाएको छ ।

लकडाउनमा घर आएका दमाई भदौ ३० गते घरबाट वेपत्ता भएको भनि खोजीका लागि असोज ३ गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी परेको प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार उजुरी परेको केहि समयपछि भारतको उत्तरप्रदेश सम्पुर्णानगर खिरीको एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकको परिवारले प्रहरी कार्यालयमा जानकारी गराएको बताए ।

प्रहरी निरीक्षक बिष्टका अनुसार मृतक दमाई केहि दिन देखि बिरामी रहेको र उपचारका क्रममा उनको बुधबार साझ सम्पुर्णानगरकै एक मेडिकलमै मृत्यु भएको बताए ।

मृतक दमाईका दाईले प्रहरीसमक्ष दिएको बयानमा भाईको मानसिक सन्तुलन पनि त्यति ठिक नभएको जनाएको छ । अहिले मृतक दमाईको पार्थिव शरीर भारतबाट नेपाल स्थित पुनर्वास नगरपालिका-४ घगाउ स्थित घरमा ल्याईएको छ ।भने पुनर्वासको प्रहरी टोली पनि मृतकको घरमा पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।