२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

मेयर माथि अमर्यादित व्यवहार गर्ने पाल पक्राउ

आफुमाथि बैठकमा दुर्ब्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नेपाली काँग्रेस अमरगढी नगर समितिका सभापति दानबहादुर पालबिरुद्ध प्रहरीमा उजुरी दिएका छन ।
डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी नगरप्रमुख ओझाले सोही बैठकमा सहभागी सभापति पालले आफुमाथि गाली गलौच र दुब्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
दुबै पक्षलाई बोलाएर छलफलको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा अस्पताल विकास समितिले मंगलबार अस्पताल रोडको आसपासमा रहेका घरधनीहरुसँग छलफल गर्न बैठक बोलाएको थियो ।
बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल चलिरहेका बेला एकाएक अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा आफुले आपत्ती जनाएको सभापति पालले बताए ।
उनले नगरप्रमुख ओझाले अमरगढी नगरपालिका कार्यपालिकाको लेटर प्याड प्रयोग गरेर आफुविरुद्ध उजुरी दिइएको बताए । नगरप्रमुख ओझा र काँग्रेस नगर सभापति पालबीच बैठकमा भनाभन भएको बैठकका सहभागीहरु बताउछन ।
जिल्ला प्रहरी कार्यालयमा मंगलबारनै लिखित उजुरी दर्ता गरिएको भए पनि बुधबार दुबै पक्षलाई बोलाएर छलफल चलाउने प्रयास प्रहरीले गरेको हो । नगरप्रमुख ओझाको ब्यस्तताका कारण बुधबार दुबैपक्षबीच छलफल हुन नसकेको प्रहरीले जनाएको छ ।
Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।