२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

मेयर माथि अमर्यादित व्यवहार गर्ने पाल पक्राउ

आफुमाथि बैठकमा दुर्ब्यवहार गरेको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नेपाली काँग्रेस अमरगढी नगर समितिका सभापति दानबहादुर पालबिरुद्ध प्रहरीमा उजुरी दिएका छन ।
डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी नगरप्रमुख ओझाले सोही बैठकमा सहभागी सभापति पालले आफुमाथि गाली गलौच र दुब्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
दुबै पक्षलाई बोलाएर छलफलको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा अस्पताल विकास समितिले मंगलबार अस्पताल रोडको आसपासमा रहेका घरधनीहरुसँग छलफल गर्न बैठक बोलाएको थियो ।
बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल चलिरहेका बेला एकाएक अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा आफुले आपत्ती जनाएको सभापति पालले बताए ।
उनले नगरप्रमुख ओझाले अमरगढी नगरपालिका कार्यपालिकाको लेटर प्याड प्रयोग गरेर आफुविरुद्ध उजुरी दिइएको बताए । नगरप्रमुख ओझा र काँग्रेस नगर सभापति पालबीच बैठकमा भनाभन भएको बैठकका सहभागीहरु बताउछन ।
जिल्ला प्रहरी कार्यालयमा मंगलबारनै लिखित उजुरी दर्ता गरिएको भए पनि बुधबार दुबै पक्षलाई बोलाएर छलफल चलाउने प्रयास प्रहरीले गरेको हो । नगरप्रमुख ओझाको ब्यस्तताका कारण बुधबार दुबैपक्षबीच छलफल हुन नसकेको प्रहरीले जनाएको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।