धनगढी, २० कार्तिक । सुदूरपश्चिम प्रदेशका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ३८ जनाको परीक्षण गरिएकोमा ६० जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, यस्तै वडा नम्बर ३ र ४ का २÷२ जना, यसैगरी वडा नम्बर ७, ९ र १३ का एक÷एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै कैलालीकै बर्दगोरिया गाउँपालिकाका ९ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३÷३ जना र गोदावरी नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भीमदत्त नगरपालिकाका ६ जना र ठेगाना नखुलेका १ जनामा पनि कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै बाजुराका १ जनामा समेत कारोना पुष्टि भएको छ ।
उता डडेल्धुरामा एक प्रहरी र एक सैनिकसहित ३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
रणबम गण दहका एक जना सैनिक, जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत १ जना प्रहरी सहित अमरगढी नगरपालिका वडा नं. ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि जिल्ला प्रहरी कार्यालयका ३ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ९३ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार २ सय बढीले कोरोना जितेका छन भने २३ जना संक्रमितको मृत्यु भएको छ ।




















