२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

अभ्यासका क्रममा धमाधम क्रुज क्षेप्यास्त्र प्रहार गर्दै चिनियाँ सेना

चीनको सरकारी टेलिभिजनले लाइभ फायर अभ्यासका क्रममा चिनियाँ सैनिकहरूले शत्रुको लक्ष्यभेद गर्न अनेकौं क्षेप्यास्त्र प्रहार गरेको भिडियो सार्वजनिक गरेको छ ।

विशाल स्तरको सैन्य अभ्यास बेइजिङको रकेट फोर्सले गरेको हो । उक्त क्षेप्यास्त्र डिभिजन चिनियाँ जनमुक्ति सेनाअन्तर्गत पर्छ ।

सैनिकहरूले दिनभरि अनि राति पनि दोङफेङ क्रुज क्षेप्यास्त्रहरू लक्ष्यमा सटीक तरिकाले लाग्ने गरी प्रहार गरेको चिनियाँ सञ्चारमाध्यमले खबर दिएको छ ।

भिडियोमा कम्तीमा ५ वटा सैन्य ट्रकहरू देखिन्छन् । ती प्रत्येकमा तीनवटा क्षेप्यास्त्र प्रक्षेपकहरू छन् ।

अनेकौं वारहेड हतियारहरू आकाशमा उडेको पनि भिडियोमा देखिन्छ । सैनिकहरूले पूरै अनुहार ढाक्ने मास्क लगाएको देखिन्छ ।

चीनको सैन्यशक्तिको प्रदर्शन संसारलाई गर्नका लागि लगातार सैन्य अभ्यासको भिडियो सार्वजनिक गरिरहेको छ

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।