२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कञ्चनपुरमा तीन खानेपानी आयोजना एकसाथ शिलान्यास

कञ्चनपुरको वेदकोट नगरपालिकामा आज तीन वटा वडाका खानेपानी आयोजना एकसाथ शिलान्यास गरिएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले  भावर क्षेत्र खानेपानी सुधार कार्यक्रमअन्तर्गत चुरे भावरसँंग जोडिएका वडाका खानेपानी ट्यांकी निर्माणको शिलान्यास गरे ।

नगर प्रमुख अशोककुमार चन्दले वेदकोट– ३ को भम्कामा दैजी खानेपानी आयोजना, वडा नं ४ को विजयनगर बगुनमा शिवलिङ्ग खानेपानी आयोजना र वडा नं ५ को धरमपुरमा धरमपुर खानेपानी आयोजना शिलान्यास गरिएको जानकारी दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बोहराले समयमै आयोजना निर्माणको काम सकेर चुरेभावरका नागरिकलाई स्वच्छ खानेपानी घरदैलामा पु¥याउन आग्रह गरे । नगर प्रमुख चन्दले तीनै खानेपानी आयोजना सम्पन्न भए सो क्षेत्रका अढाइ हजारभन्दा बढी परिवार लाभान्वित हुने बताएका छन् ।  १२ करोड २० लाख ६१ हजार लागतमा निर्माण हुने आयोजना सम्पन्न गर्न १८ महिनाको अवधि दिइएको छ ।
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।