डोटी- डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।



सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो ।
वनमा खर काट्न गएकी ओली करिब ४ सय मिटर तलसम्म लड्दा घटना स्थलमै ज्यान गएको नेकपा आदर्श गाउँ कमिटि सचिव एवं स्थानीय बासिन्दा तपेन्द्र बोहराले जानकारी दिए ।
मृतक ओलीको साथमा खर काट्न कोही नगएको तर उनले खर काटिरहेको वनमा केही चाल नपाईएपछि गाउँलेहरुले उनको खोजी गर्दा लडेर मृत अवस्थामा फेला पारेको जनाईएको छ ।
Views: 159

























