२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

दुई प्रहरी हत्यासंग जोडिएका मटर व्यापारी पक्राउ

धनगढी -धनगढी उपमहानगरपालिका–१० जुगेडामा प्रहरी सहायक निरीक्षक र जवानको हत्यासंग जोडिएको मटर (केराउ) को कारोवार गर्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले घट्नामा पक्राउ परेकाहरुको बयानका आधारमा मटरको कारोवार गर्ने धनगढी उपमहानगरपालिका–५ का ३५ वर्षीय राजिव गुप्तालाई पक्राउ गरिएको बताए ।
धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित स्थित आदित्य टे«डिङबाट गुप्तालाई मंगलवार दिउसो दुई बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बिष्टले गुप्तामाथि घट्नाका सम्बन्धमा सोधपुछ भईरहेको बताए ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साँउदलाई मटर तस्करहरुले कार्तिक १ गते राति भारतको बनकट्टीसंग जोडिएको मोहना घाटमा हत्या गरी फालेका थिए ।

उक्त घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।