धनगढी, १९ कात्तिक । सेती प्रादेशीक अस्पतालमा बुधबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३३८ जनाको कोरोना परिक्षण गरिएकोमा थप ६० जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।



संक्रमण पुष्टी हुनेमा ८ महिला ५२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ र वडा नखुलेका ३/३ जना, वडा नम्बर ३ र ४ मा २/२ जना, र वडा नम्बर ७, ९, १३ का १/१ जना गरी २८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
त्यसै गरि कैलालीको लम्की चुहानगरपालीका र भजनीका तीनरतीन जना, गोदावरीका २ जना, बर्दगोरीयाका ९ जना, पनि संक्रमण पुष्टी भएको छ । त्यसै गरि कञ्चनपुरको बेदकोटका ७ जना, भिमदत्त ६ जना, कञ्चनपुरको स्थानीय तह नखुलेका एक जना, र बाुराका एक जनामा पनि संक्रमण पुष्टी भएको छ ।

























