२०८१ कार्तिक २७ मंगलवार
२०८१ कार्तिक २७ मंगलवार

वैदेशिक राेजगारि छाेडेर नर्सरीमा जुटेका युवा उधमि-धामी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७जुडा वस्ने बर्ष ३८का रूप सिंह धामी विगत ५ बर्ष देखि नर्सरी पेसामा छन्।वैदेशिक रोजगारि छोडेर उनी नर्सरी पेसामा आवद्व भएका छन्।
उनले संचालन गरेको आयुश नर्सरीवाटअहिले हजारौ विरूवा उत्पादन गरि एउटा सफल व्यवसायी वन्दै युवाका प्रेरणाका श्रोत वनेकाछन्।नर्सरी वाट मनग्ये आम्दानि गर्न उनी सफल भएकाछन्।
आफनै सानो लगानीमा नर्सरी शुरूवात गरेका धामिले हाल खर्च कटायर करिव तिनलाख सम्म वचत गर्न सफल भएकाछन्।उनले आफुसंग भएको १५ कठ्ठा ऐलानी जमिनमा नर्सरी संचालन गरेकाछन्।नम्वरि जमिन नहुदा वैकवाट सहुलियतपूर्ण कर्जा लिन नसक्दा सहकारी वाट चर्को व्याजमा कर्जा लिई नर्सरीमा लगानी गरिरहेको धामिको गुनासोछ।उनले नर्सरीमा दस जना युवा युवतीलाई प्रत्यक्ष रोजगारि समेत दिदै आएकाछन्।
उनी भन्छन् वुवा पान सिंह धामीले आजभन्दा तीस बर्ष पहिले धामी नर्सरी उध्योग जुडा८ मानै संचालनमा ल्याएका थिए।तर शुरूको अवस्थामा नर्सरी वाट उत्पादित विरूकाको वजारिकरण नहुदा आफु दिक्क भएर नौकरिकालागि भारततिर गएको थिए।भारतमा धेरै दुख कष्ट पाएपछि नेपाल फर्केको वताए।उनी भन्छन् वुवाकै प्रेरणा वाट नर्सरी व्यवसाय छनौट गरे।
पहिलो पटक थोरै आम्दानि भयो।विस्तारै लगानि वढाउदै गएपछि आम्दानि पनि वढ्दै गयो अनि नर्सरी पेसामा होमिए।नर्सरीमा हाल बीस प्रजातिका आँप,पाँच प्रजातिका लिचि,चार प्रजातिका कागती,तीन प्रजातिका अम्वा,सात प्रजातिका बाँस,कटहर,नाँसपाति,अमिलो,जामिर,जामुन,अनार लगायत फलफुलका बिरुवा संगै घर आगन सजावटका बिरुवा एरोगेरिया,साईकस, वोतलपाम,धुपि,चाईनापाम, फोनिसपाम,कोटरोन, रातकिरानि, सिल्भरयुका, पिलेकटहर, गुलाव, हर्मन९९,स्याउ,र जंगलि विरूवामा लिपिस्टिक,सगुन,खयर,सिसम,पपुलर,वकाइनो,अमला,नारिवल,सुपारी,श्री खण्ड,रक्तचन्दन,रूद्वाक्ष, लगायतका बिरुवा उत्पादन गरिने धामिले वताए।
उपभोक्ताको चाहना माग वमोजिम समेत बिरुवा उत्पादन गर्ने गरेकाले गत बर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला संगै सुर्खेत र रूकुम वाट विरूवाको माग आएको थियो।लकडाउनका कारणले यश बर्ष सोचेजति बिरुवा बिक्री वितरण हुन सकेन जंगलमा लगाउने बिरुवा नर्सरीमै थन्किएका छन्।कृषि ज्ञान केन्द्र सरोकारवाला निकायले नर्सरी व्यवसायिको समस्या पर्ति ध्यान नदिएको धामिको गुनासोछ।
वोटविरूवाका लागि आवश्यक पर्ने कच्चापदार्थ ग्रीन नेट,सेडनेट,पोलिव्याग,रूटेक्स,औजारहरू लिन भारतको रुद्रपुर वरेलि जानुपर्ने वाध्यता कायमै रहेको धामीको भनाई रहेको थियो।विरूवाका लागि आवश्यक पर्ने घाँस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले उपलव्ध गराउदा भने केही सहज भएकोछ।
धामिलेभने वलौटे माटोमा अन्नवालि उत्पादन नहुदा वुवालेनै नर्सरीको अवधारणा ल्याएका थिए।जागिरको सिलसिलामा १२बर्ष भारतमा वस्दा सन्तुष्ट हुन सकेन आफनै पेसामा लागेर संतुष्टि मिलेकोछ।मेहनत र उधमशिलताले मानिसलाई जिउन सिकाउने रहेछ।उनी भन्छन् अहिलेको समयमा किसान बिरुवा लगाउन उत्सुक रहेको देख्दा खुसी लाग्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।