२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

विश्वभर ४ करोड ७३ लाख मानिसलाई कोरोना संक्रमण

काठमाडौं, १९ कात्तिक ।  विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ७३ लाख नाघेको छ।  बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ७३ लाख  २८ हजार ४ सय १ जना  संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या ९३ लाख ७६ हजार २ सय ९३ पुगेको छ। त्यस्तै भारतमा ८२ लाख ६७ हजार ६ सय २३, ब्राजिलमा ५४ लाख ५४ हजार २ सय ६ र रुसमा १६ लाख ६१ हजार ९६  जनामा  संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख १२ हजार नाघेको छ।पछिल्लो तथ्यांक अनुसार १२ लाख १२ हजार ७० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ३२ हजार ५ सय ३८,  ब्राजिलमा १ लाख ६० हजार २ सय ५३, मेक्सीकोमा  ९२ हजार १ सय, बेलायतमा ४७ हजार ३ सय ४०, इटालीमा ३९ हजार ४ सय १२ जनाको मृत्यु भएको छ

विश्वभर तीन करोड १५ लाख २३ हजार ५५ जना संक्रमणमुक्त भएका छन्। 
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख ३९ हजार ४ सय ३८, अमेरिकामा ३७ लाख ५ हजार १ सय ३०, रुसमा १२ लाख  ४४ हजार १२ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ७९ हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ४१ हजार १ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ४जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८२ लाख ६७ हजार ६ सय ३२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २३ हजार ९७ पुगेको छ। भारतमा हालसम्म ७६ लाख ३ हजार १ सय २१ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म ३ लाख ३६ हजार २ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १५ हजार ४ सय ४६ जना उपचारपछि निको भएका छन्।
    
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख १२ हजार ६ सय ४७ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख २९ हजार ७ सय ८७ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ७ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय ५५  जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ७ सय ९६ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ९ सय ६२ पुगेको छ।

श्रीलंकामा संक्रमितको संख्या ११ हजार ७ सय ४४ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २३ छ भने निको हुनेको संख्या ५ हजार ५ सय ८१ रहेको छ। भुटानमा संक्रमितको संख्या ३५६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३२६ छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।