२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

भारतीय जंगलमा भेटिएको शव धनगढीकी महिलाको भएको पुष्टि

धनगढीः भारतीय जंगलमा भेटिएको शव धनगढीकी महिलाको भएको पुष्टि भएको छ ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा भेटिएको शव धनगढी उप–महानगरपालिका वडा नम्बर ४ भगवती टोलकी ५५ वर्षीय महिला नरुदेवी कठायतको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त शव कठायतको भएको पुष्टि भएको जनाउँदै परिवारका सदस्य सम्पर्कमा आएको जानकारी दिए ।

मृतक महिलाको शव नजिकै भेटिएको डायरीका आधारमा परिचय खुलेको उनले बताए । डायरीमा मृतकको नाम, श्रीमान र बुवाको नाम लेखेको भेटिएको थियो ।

मानसिक अवस्था ठीक नभएकी कठायत केही समयदेखि सम्पर्कविहिन थिईन् । उनको भारतमै रहेकाले आवश्यक प्रक्रिया पुगाएर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।