२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

तिहारपछि चालक अनुमतिपत्रको परीक्षा सुचारु

कोरोनाका कारण आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । लामो समयसम्म परीक्षा सञ्चालन नहुँदा सवारी चालक अनुमतिपत्र लिनबाट वञ्चित भएका थिए । त्यसैलाई मध्यनजर राखेर सरकारले पुनः परीक्षा सुचारु गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले तिहारपछि चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सुचारु गर्ने गरी गृहकार्य अगाडि बढाएको छ । लकडाउन शुरु भएपछि वर्षांैदेखि हुन नसकेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम विभागले यस अवधिमा सम्पन्न गरेको छ । अब ट्रायल पास भएको करिब एक साताभित्र नै स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी विभागले गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारपछि स्वास्थ्य मापदण्ड पालना गरेर सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै विभागले गत चैत ७ गते लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो ।

महानिर्देशक हमालले भन्नुभयो– ‘कोरोनाका कारण लामै समय लिखित र प्रयोगात्मक परीक्षा हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन्, अब सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराएर लिखित प्रयोगात्मक परीक्षा शुरु गर्छाैं ।’

विगतमा जस्तो ट्रायल दिएको महिनौं दिनसम्म पनि स्मार्ट लाइसेन्स नपाइने समस्या अब हट्ने बताउँदै उहाँले दुवै परीक्षा पास हुनेले सवारी चालक अनुमतिपत्र काठमाडौं उपत्यकाभित्र दश दिन र राजधानीबाहिरका जिल्लामा एक महिनाभित्र प्राप्त गर्न सकिने बताउनुभयो ।

यस आर्थिक वर्षमा मात्र छाप्न बाँकी रहेको झन्डै आठ लाख चालक अनुमतिपत्र छपाइ सम्पन्न भएको छ । विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप समय र जनशक्ति प्रयोग गरी अनुमतिपत्र छपाइ सकाएको महानिर्देशक हमालले बताउनुभयो ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दी चैतदेखि जेठसम्म हुँदा यातायात व्यवस्था कार्यालयले पनि सेवा दिएका थिएनन् । केही वर्षदेखि चालक अनुमतिपत्रको छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान हुँदै आएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।