२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, कोलकाताको यात्रा समाप्त

इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग राउन्डको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेको छ । जीतसँगै हैदराबादले प्लेअफमा स्थान बनाउन सफल भएको छ । मुम्बई, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लुरु यसअघि नै प्लेअफमा पुगिसकेको छ । कोलकाता नाइटराइडर्सको बैंग्लुरु र हैदराबादसँगै समान १४ अंक रहे पनि खराब नेट रनरेटका कारण प्लेअफसम्म पुग्न बञ्चित रह्यो ।

शारजाहमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै मुम्बईले १५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १७.१ ओभरमा बिना कुनै विकेट गुमाएर सफलता पूर्वक पछ्यायो । कप्तान डेविड वार्नर र ऋद्धिमान साहाले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए । वार्नरले ८५ तथा साहाले ५८ रन बनाए ।

यसअघि, मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए भने सूर्यकुमार यादव र ईशान किशनले क्रमशः ३६ र ३३ रन बनाए । हैदराबादका लागि सन्दीप शर्माले ३ तथा शाहबाज नदीम र जेसन होल्डरले २–२ विकेट लिए ।

अब हैदराबादले ६ नोभेम्बरमा एलिमिनेटर खेलमा बैंग्लुरुको सामना गर्नेछ । ५ नोभेम्बरमा क्वालिफायर १ मा मुम्बई र दिल्ली आमने सामने हुनेछ । क्वालिफायर १ मा विजयी टोली सिधै फाइनलमा पुग्नेछ । यसमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच क्वालिफायर २ मा भिडन्त हुनेछ । यसमा विजयी टोली फाइनलमा पुग्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।