२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

प्रसिद्ध रौलाकेदार धाम : सडक निर्माण , स्थानिय खुसी (फोटो फिचर)

बैतडी । बैतडीको रौलाकेदार धाम जोड्ने पर्यटकीय सडकमार्ग निर्माण शुरु भएको छ । जिल्लाको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग सुर्नया गाउँपालिका वडा नं ४ सनशेरीमाण्डौं देखि रौलाकेदार धामको सल्म्या सम्म सडक निर्माण कार्य शुरु भएको हो ।

बैतडीका प्रसिद्ध धार्मिक स्थल मध्ये केदारनाथ ज्योर्तिलिंगको रुपमा समेत रहेको रौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको रौलाकेदार धाममा पुग्न दर्शनार्थीहरुलाई सजिलो होस भनेर सडक निर्माण कार्य शुरु भएको उहाँले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातारणमन्त्रालयले सो सडकका लागि २० लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरु भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘आस्थाको केन्द्र रौलाकेदारमा सडक पुर्याउनका लागि सडक निर्माण कार्य शुरु भएको छ । यसले धार्मिक पर्यटकहरुलाई रौलाकेदारमा पुग्न सजिलो हुने विश्वास लिएका छौं ।’

भगवान शिवका १२ ज्योर्तिलिङ्ग मध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले यसअघि नै बताइसक्नु भएको छ । रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको र यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने उहाँले बताउनुभयो । फोटो:- निराजन मडै

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।